ad ad

बागमती


काठमाडौँ जाँदै गरेको बस घुमाउनेमा पल्टियो, थोरैले त्रिशूलीमा खस्नबाट जोगियो

१७ जना घाइतेलाई भरतपुर पठाइयो
काठमाडौँ जाँदै गरेको बस घुमाउनेमा पल्टियो, थोरैले त्रिशूलीमा खस्नबाट जोगियो

आइतबार बिहान घुमाउनेमा पल्टिएको बस।


सुनिता विष्ट
भदौ ९, २०८१ आइतबार ८:४३, हेटौँडा

नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको घुमाउनेमा आज (आइतबार) बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७:१५ बजे भरतपुर महानगरपालिका-२९, घुमाउनेमा दुर्घटना भएको हो।

बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ।

आइतबार बिहान घुमाउनेमा पल्टिएको बस।

दुर्घटनामा घाइते १७ जनालाई उपचारका लागि भरतपुर पठाइएको रिजालले बताए।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौँ पठाइएको छ।

अहिले नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी नै खुलिसकेको डीएसपी रिजालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .