ad ad

समाज


ढुंगेअड्डामा नम्बर नखुलेको गाडीले ४० वर्षीय पुरुषलाई किच्यो

मृतकको सनाखत हुन बाँकी
ढुंगेअड्डामा नम्बर नखुलेको गाडीले ४० वर्षीय पुरुषलाई किच्यो

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १२:२०, काठमाडौँ

काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गेअड्डामा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। 

गएराति कलंकीबाट थानकोटतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारी साधनले किच्दा नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

ठक्कर दिएर फरार भएको सवारी साधन र त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .