ad ad

समाज


सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का, काठमाडौँ पनि हल्लियो

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का, काठमाडौँ पनि हल्लियो

नेपालखबर
भदौ १८, २०८१ मंगलबार ७:८, काठमाडौँ

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। 

सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए। 

याे भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ। 

‘यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो,’ अधिकारीले भने, ‘यो सानो खाले भूकम्प हो।’

गोरखा भूकम्पपछि हजारौँ परकम्प गइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .