ad ad

ग्लोबल


नेतान्याहुप्रति बाइडेन असन्तुष्ट

नेतान्याहुप्रति बाइडेन असन्तुष्ट

फाइल तस्बिर : बाइडेन र नेतान्याहु


नेपालखबर
भदौ १८, २०८१ मंगलबार ७:२५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धक रिहाइका लागि हमाससँग सम्झौता र युद्धविराम गर्न पर्याप्त काम नगरेको आरोप लगाएका छन्।

अमेरिकाले इजरायली प्रधानमन्त्रीलाई अर्को नयाँ ‘अन्तिम’ प्रस्ताव पठाउन सक्ने रिपोर्ट आइरहेका बेला बाइडेनले नेतान्याहुको आलोचना गरेका हुन्।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यस नयाँ प्रस्तावबारे वार्ताकारहरूसँग भेट गरेका छन्।

यी सबै गतिविधि यस्तो समयमा भइरहेको छ, जतिबेला इजरायलमा सरकारविरुद्ध प्रदर्शन जारी छ।

बन्दी रिहाइका लागि नेतान्याहु सरकारले हमाससँग सम्झौता गर्न धेरै प्रयास नगरेको प्रदर्शनकारीहरूले बताएका छन्।

गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको छ। तीमध्ये ६ जनाको शव गत शनिबार मात्र गाजाको रफाहमा रहेको सुरुङमा भेटिएको थियो।

बीबीसीका अनुसार बाइडेनलाई नेतान्याहुले पर्याप्त काम गरिरहेका छन् भनेर सोध्दा जवाफमा उनले भने, ‘छैन।’

उनले अमेरिकाले हार नमान्ने र सहमतिका लागि प्रयास जारी राख्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .