ad ad

समाज


काठमाडौंका ९ वटा प्रहरी वृत्तका इन्चार्ज हेरफेर

काठमाडौंका ९ वटा प्रहरी वृत्तका इन्चार्ज हेरफेर

नेपालखबर
असोज ८, २०८१ मंगलबार २१:२०, काठमाडौँ

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकसाथ १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेका छन्।

काठमाडौँका ८ र भक्तपुरका एक प्रहरी वृत्तका प्रमुख पनि फेरिएका भएका छन्। 

काठमाडौँका दरबारमार्ग वृत्तमा राजकुमार श्रेष्ठ, नयाँ बानेश्वरमा वीरेन्द्र गोदार, बालाजुमा दानबहादुर थापा, बौद्धमा जयश्वर रिमाल र स्वयम्भूमा उद्धवसिंह भाटलाई सरुवा गरिएको छ। 

यस्तै मालीगाउँ वृत्तमा सुनीलजंग शाह, गौशालामा सुकदेव खनाल, महाराजगन्जमा यसअघि नै काजमा खटिएका रवीन्द्रनाथ पौडेल र भक्तपुरको जगातीमा रमेशबहादुर पाल सरुवा भएका छन्। 

यो निर्णयसँगै डीएसपी इन्चार्ज हुने केही जिल्ला र इलाका प्रहरी कार्यालयका प्रमुखहरू पनि हेरफेर भएका छन्।

सम्बन्धित खबर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .