ad ad

समाज


एनसेल फाउन्डेसनद्वारा पाठेघरको निःशुल्क स्क्रिनिङ

एनसेल फाउन्डेसनद्वारा पाठेघरको निःशुल्क स्क्रिनिङ

नेपालखबर
असोज ९, २०८१ बुधबार १०:४७, काठमाडौँ

एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन गरिरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत गत हप्ता झापाको बिर्तामोडमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ शिविर आयाेजना गरेको छ।

निःशुल्क शिविरमा सहभागी महिलामध्ये ९० जना भन्दा धेरैले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका फाउन्डेसनले जनाएको छ। 

नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले स्वास्ठ्य शिविर आयाेजना गरेको हो। 

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरुमध्ये प्रमुख मानिन्छ। सन् २०२२ मा मात्रै नेपालमा २ हजार १६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको थियो भने यस रोगको कारण १ हजार ३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए।

शिविरमा आएकी बिर्तामोड नगरपालिक- ५ की शोभा ठाकुरले भनिन्, ‘यहाँ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागि शिविर बस्दै छ भन्ने जानकारी पाएर आएँ। आफ्नो स्वास्थ्यको कुरा खुलेर भन्न नसक्दा मेरो सासु स्तन क्यान्सर भएको तेस्रो स्टेजमा मात्र थाहा हुँदा बित्नु भएकाे थियाे।’

त्यसैगरी बेलबारी–५, मोरङबाट शिविरमा आएकी टिका गौतम कोइरालाले समयमै उपचार गर्दा क्यान्सर रोग लागेपनि बाँच्न सकिन्छ जन्ने जानकारी शिविरबाट पाएको बताइन्। 

शिविरले महिलाहरुलाई स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै स्वास्थ्य सेवा लिनुको महत्वलाई उजागर गरेको फाउन्डेसनले जनाएको छ। एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६ हजारभन्दा बढी महिलाको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ। 

‘हाम्रो यो स्क्रिनिङ स्वास्ठ्यमा पहुँच नभएकाहरूसम्म पुग्ने लक्ष्यमा आधारित छ। अधिकांश मृत्यु पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा अपर्याप्त पहुँचका कारण कम र निम्न मध्यम आय भएका महिलाहरूमा भएका छन्,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन, ‘पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य र नेपाली महिलाहरुको मृत्युको प्रमुख कारण रहेको तथ्याङ्कले देखाउँछ। त्यसैले यसप्रति महिला दिदीबहिनी सचेत हुनुपर्छ।’

८० प्रतिशत भन्दा बढि पाठेघरको मुखको क्यान्सर अन्तिममा आएर मात्रै जानकारी हुने गरेको छ। 

कोशी प्रदेशमा सुरु भएको पाइलट प्रोजेक्टको सफलतापछि आगामी दिनमा यस किसिमका पहलहरु अन्य प्रदेशमा पनि विस्तार गरिने खड्काले बताइन्। 

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औँ वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो। 

फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु गर्ने योजना बनाएको छ। एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सामाजिक परियोजनाहरुको कार्यन्वयन लागि २ अर्ब भन्दा बढी योगदान गरिसकेको खड्काले जानकारी दिइन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .