ad ad

समाज


३० वर्षे सेवा अवधि हटाउन माग गरेका २१ प्रहरीको निवेदन फिर्ता

३० वर्षे सेवा अवधि हटाउन माग गरेका २१ प्रहरीको निवेदन फिर्ता

नेपालखबर
असोज ९, २०८१ बुधबार १७:१२, काठमाडौँ

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका प्रहरीले आफ्नो निवेदन फिर्ता गरेका छन्। ३० वर्षे सेवा अवधिकै कारण अवकास हुन लागेपछि एसएससपी जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरीले जागिर लम्ब्याउन सर्वोच्च पुगेका थिए। 

सुरुमा उनीहरुकै पक्षमा अन्तरिम आदेश आएपछि सर्वोच्चको संयुक्त इजलासबाट ३० वर्षे हटाउने अन्तरिम आदेश खारेज भएको थियो। आफ्नो माग बमोजिम आदेश नभएपछि उनीहरु भदौ १६ गते नै अवकास गइसकेका छन्। अवकासमा गइसकेपछि अब अन्तिम सुनुवाइमा पनि आफ्नो पक्षमा फैसला हुने सम्भावना नदेखेपछि उनीहरुले निवेदन फिर्ता गरेका हुन्। 

रिट फिर्ताका लागि प्रहरीहरुले निवेदन दिएपछि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार निवेदन फिर्ता हुने आदेश गरिदिएको छ। भदौ १६ गते ३० वर्षे सेवा अवधिकै कारण ९० जना प्रहरीहरु अवकास भइसकेका छन्। 

यसअघि नै उमेर हदका कारण हुने अवकास रोक्न माग गर्दै रिट दायर गरेका एआईजी श्यामलाल ज्ञवालीले पनि निवेदन फिर्ता गरिसकेका छन्। उनी पनि भदौ २६ गते नै अवकास भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .