ad ad

खेल


साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनलबाटै बाहिरियो नेपाली टोली

साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनलबाटै बाहिरियो नेपाली टोली

नेपालखबर
असोज १२, २०८१ शनिबार १९:२८, काठमाडौँ

नेपाली युवा टोली भुटानमा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। 

थिम्पुस्थित चङ्लिमिथाङ रगंशालामा शनिबार भएको सेमिफाइनलमा भारतसँग ४–२ गोल अन्तरमा पराजित हुँदै नेपाल अन्तिम चारबाटै बाहिरिएको हो। 

नेपालमाथिको जितसँगै भारत भने फाइनलमा पुगेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा मात्र सम्भव भयो। 

खेलको ६१ औँ मिनेटमा विशाल यादवको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो। त्यसको सात मिनेटपछि अर्थात खेलको ६८ औँ मिनेटमा विशालले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

खेलको ८१ औँ मिनेटमा सुवास बमको गोलमा नेपाल खेलमा फर्कने संकेत गरेको थियो। तर ८५ औँ मिनेटमा एन ऋषी सिंहको गोलमा भारतले गोल अग्रता बढायो। खेलको अन्तिम मिनेटमा नेपालले उपहार गोल पायो। भारतका मोहम्मद केफको आत्मघाती गोलमा नेपाल ३–२ को अवस्थामा आएको थियो। तर इन्ज्युरी समयमा हेमनेचुङ लुनकिमको गोलमा भारत ४–२ को अवस्थामा आयो। 

नेपाल समूह उपविजेता र भारत समूह विजेताको रुपमा सेमिफाइनलमा भेट भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .