ad ad

समाज


खोलाले बगाएका चौधरीको शव ३ दिनपछि भेटियो

खोलाले बगाएका चौधरीको शव ३ दिनपछि भेटियो

नेपालखबर
असोज १४, २०८१ सोमबार १४:५, दमक(झापा)

किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका-१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अवस्थामा भेटिएका छन्।

प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ः३० बजे आसपास चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको हो ।

अविरल वर्षापछि आएको बाढीले शुक्रबार चौधरी बेपत्ता थिए। बाढीले जिल्लामा चौधरीसहित तीन जना बेपत्ता भएका थिए।

यसमध्ये कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशीको आइतबार र गौरीगञ्जका केमालाल ताजुरियाको शनिबार  शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .