ad ad

समाज


काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायस शिवपुरी जंगलमा दुर्घटना

काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायस शिवपुरी जंगलमा दुर्घटना

नेपालखबर
असोज १४, २०८१ सोमबार १४:३, काठमाडौँ

काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायस शिवपुरी जंगलमा दुर्घटनामा परेको छ।

दुर्घटनामा १२ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिएको छ। 

हायसमा चालकसहित १८ जना सवार रहेकोमा अरु सकुशल छन्।

ग १ ख ४५३५ नम्बरको हायस पल्टिएर रुखमा अड्किएका कारण ठूलो क्षति हुन नपाएको उनले बताए। 

झ्याप्लेखोलामा पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट हायस नुवाकोट हुँदै लमजुङतर्फ लागेको थियो। तर चापाबोट भन्ने ठाउँमा दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .