ad ad

समाज


प्रस्तावित प्रधानन्यायाधीश राउतको योजना- न्यायिक कामकारबाहीमा एआई प्रयोगको सम्भाव्यता अध्ययन गर्ने

प्रस्तावित प्रधानन्यायाधीश राउतको योजना- न्यायिक कामकारबाहीमा एआई प्रयोगको सम्भाव्यता अध्ययन गर्ने

नेपालखबर
असोज १६, २०८१ बुधबार १५:११, काठमाडौँ

प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका न्यायिक काम कारबाहीमा कृत्रिम बौद्धिकता (एआई) प्रयोगको सम्भाब्यताबारे अध्ययन गर्ने योजना सुनाएका छन्।

संसदीय सुनुवाइ समितिमा बुधबार आफ्ना योजना प्रस्तुत गर्दै उनले न्यायलयका कामममा एआई प्रयोगको सम्भावनाबारे अध्ययन गर्ने योजना ल्याएका हुन्। 

आफू प्रधानन्यायाधीश बने अदालतलाई सूचना प्रविधिमैत्री बनाउने समेत उनको प्रस्ताव छ। ‘न्यायपालिकामा सूचना प्रविधिको विकास र दिगो व्यवस्थापनका लागि उपयुक्त रणनीति तथा कार्यक्रमहरूको निर्माण गरी कार्यान्वयन गरिनेछ,’ राउतको योजनामा भनिएको छ। 

इजलास कक्षमा प्रविधि प्रयोगका पूर्वाधार बनाउने, अनलाईन प्रणालीमार्फत मुद्दा दर्ता, बायोमेट्रिक पद्धति बिकास गरी अदालतहरूमा मुद्दाका पक्षहरूको उपस्थिति अनलाईनमार्फत हुने व्यवस्थाका लागि पहल गर्ने योजना समेत राउतको छ। 

त्यस्तै न्याय परिषदबाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीहरू प्रभावकारी बनाउने, योग्यता तथा न्यायिक निष्ठा भएको व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्ने र समावेशीतालाई पनि ख्याल गरेर नियुक्ति गर्ने उनको प्रतिबद्धता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .