ad ad

समाज


तीन एसएसपीको सरुवा : दिल्ली दूतावासमा दास, ट्राफिकमा चतुर्वेदी

तीन एसएसपीको सरुवा : दिल्ली दूतावासमा दास, ट्राफिकमा चतुर्वेदी

नेपालखबर
असोज २२, २०८१ मंगलबार १२:१५, काठमाडौँ

नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरक्षिक (एसएसपी) को सरुवा गरिएको छ।

गृह मन्त्रालयले भारतको दिल्लीस्थित दूतावासमा कार्यरत प्रहरी कन्सुलर उमाप्रसाद चतुर्वेदीलाई सरुवा गरेको छ। 

चतुर्वेदीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए। दिल्ली दूतावासमा सञ्जीव शर्मा दासलाई जिम्मेवारी दिइएको छ। 

शर्मा नेपालगन्ज प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। शर्माको स्थानमा प्रहरी प्रधान कार्यालयबाट एसएसपी दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ। 

उनीहरू तीनै जना राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएको टोली हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .