ad ad

समाज


बुधबार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने

बुधबार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने

नेपालखबर
असोज २२, २०८१ मंगलबार १२:२३, काठमाडौँ

अवरुद्ध कान्ति राजमार्ग बुधबार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ।

मंगलबार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले सो ठाउँको अनुगमन गरेको हो। सो क्रममा कान्ति राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधबार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताए। 

असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ति राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको उनले बताए। 

‘हामी हाल अस्थायी डाइभर्सनको रुपमा खोल्ने प्रयासमा छौँ। सडक विभाग र नेपाली सेनाको सहयोगमा लागिरहेका छौँ। आज तीन बजेसम्मको टार्गेट छ। केही समय लाग्छ। टिप्परले मेटिरियल बोकेर ल्याउन समस्या आएको छ। भोलि बिहानसम्म यो बाटो खोलिसक्छौँ,’ उनले भने।

बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि बगाएको उनले बताए।

‘यो असोज ११ गतेदेखि आएको वर्षापछिको क्षति हो। यसमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिज क्षति भयो। सम्भवतः यो कुलेखानीको पानी पनि जोडिएर र अविरल वर्षाका कारण क्षति भएको हो। यसबाट पुल मात्रै क्षति भएन, कन्ट्याक्टरको एउटा नयाँ पुल सँगै डिजाइन एण्ड बिलको ठेक्का थियो, नयाँ पुलको। जुन ८२ मिटर लामो, ११ मिटर चौडाइको। त्यो पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेन्टहरू पनि कन्ट्याक्टरको सबै बगाएर क्षति भएको छ,’ उनले जानकारी दिए।

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा।उदयशमशेर जबराले आज आफूहरूले बागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गरेको पनि बताए। सो क्रममा कान्ति लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ति लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको उनको भनाइ थियो। 

‘बागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गर्न पनि गर्यौँ। एउटा त कान्ति लोकपथ। कान्ति लोकपथमा विशेष गरेर बगुवाको पुल जुन ललितपुर र मकवानपुर जिल्ला जोड्ने जिल्लाको पुलको केही भाग बगाएको छ। हाम्रो सडक विभाग तथा कान्ति लोकपथ आयोजना अन्तर्गतका साथीहरू र त्यहाँका स्थानीय जनप्रतिनिधिहरूको पहलमा अहिले त्यो पुल टेम्पररी चल्ने गरेर एक किसिमले बाइपास गरेर भोलिदेखि सानो गाडी चल्ने परिस्थिति सिर्जना भएको छ,ँ उनले भने। 

टिकाभैरव, देवीचौर घुसेल पनि खुलेको उनले जानकारी दिए। बिर्खे डाँडा दल्चोकी, शंखु सडकमा बढी क्षति देखिएको् बताउँदै दलचोकीसम्म सडक पुगेको उनले बताए। 

mविशेष गरेर ललितपुरको एक नम्बर क्षेत्रमा गोदावरी, महांकाल, कुञ्जेसुम र वागमती यो एउटा नगरपालिका र तीन गाउँपालिकामा अहिले क्षति बढी भएको छ। ३५ जना भन्दा बढीको ज्यान गएको छ। पूर्वाधार धेरै नै बिग्रिएको छ,’ उनले भने, ‘पुनःनिर्माणको क्रममा ललतिपुर एक नम्बर क्षेत्रमा महांकाल र गोदावरीमा विशेष समस्या छ। अहिले सबै बाटो खुलाउने र पुलहरु निर्माण गर्ने तयारीमा छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .