ad ad

समाज


खोकनावासीले यसरी मनाए सिकाली जात्रा (तस्बिरहरू)

खोकनावासीले यसरी मनाए सिकाली जात्रा (तस्बिरहरू)

सरोज बैजु
असोज २२, २०८१ मंगलबार १६:४९, काठमाडौँ

ललितपुरको खोकनामा सिकाली जात्रा मनाइएको छ। सिकाली चौरमा रहेको मन्दिरवरिपरि स्थानीय भेला भएर यो जात्रा मनाउने गर्छन्।

खोकनावासीले दसैँलाई टीकाजमरा लगाएर मनाउँदैनन्। सिकाली जात्रा गरी मनाउँछन्। देवीदेवताको पूजापाठ र सामूहिक भोज खाएर मनाइने यो जात्रा घटस्थापनादेखि नवमीसम्म नृत्य गरेर मनाइन्छ।

जात्रा घटस्थापनादेखि नवमीसम्म हुने गर्दछ। राष्ट्र र राष्ट्रका नागरिकमा शान्ति मिलोस् भन्ने कामना गरी जात्रा मनाउने परम्परा चलेको स्थानीयवासी बताउँछन्।

स्कन्द पुराणको माघ महात्म्यमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेपछि जात्रा मनाइएको हो। जात्राको लागि मंगलबार बिहानै सिकाली चौरमा यज्ञमण्डप बनाएर यज्ञ लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .