ad ad

समाज


जुगल पहिरो : थप ७ जनाको शव फेला पर्‍यो, २१ अझै बेपत्ता

जुगल पहिरो : थप ७ जनाको शव फेला पर्‍यो, २१ अझै बेपत्ता

नेपालखबर
साउन ३१, २०७७ शनिबार १४:११,

सिन्धुपाल्चोकको जुगलमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ।

शनिबार थप ७ जनाको शव फेला परेपछि त्यहाँ ज्यान गुमाउनेको संख्या १८ पुगेको पुष्टि भएको हो।

यसअघि सो ठाउँमा ११ जनाको शव फेला परेको थियो।

सो पहिरोमा परी थप २१ जना अझै बेपत्ता रहेको प्रहरीले बताएको छ।

प्रहरीले दिएको जानकारी अनुसार शनिबार १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षीया लक्ष्मी दोङ र ३० वर्षीय मानबहादुर दोङ छन्।

सो पहिरोमा घाइते भई उपचाररत् ५ जनामध्ये एकजना अस्पतालबाट डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १८ वटै शव शनिबार साँझ मृतकका सम्बन्धित परिवारले बुझी अन्तिम संस्कार गरिसकेका छन्।

सो पहिरोबाट ३७ घरमा क्षति पुगेको बताइएको छ।

जुगल पहिरोबाट भएको क्षतिबारे प्रहरीले दिएको विवरणः

Jugal-pahiro-list.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .