रुपन्देहीमा पोखरीमा डुब्दा एक युवाको ज्यान गएको छ।
जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ का अनिद अहमदको छोरा १७ वर्षीया सदाव आलमको सोमबार पानी पोखरीमा डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका आलमलाई छिमेकीले उद्धार गरेका थिए। उनलाई त्यसपछि आफन्तले उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ल्याएका थिए।
उनको उपचारका क्रममा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।
3
Shares
प्रतिक्रिया