ad ad

समाज


सिभिल अस्पतालका कर्मचारीले अन्दोलन चर्काउने

सिभिल अस्पतालका कर्मचारीले अन्दोलन चर्काउने

नेपालखबर
भदौ १५, २०७७ सोमबार ११:३८,

निजामती कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफ्ना माग पुरा नभए आन्दोलन चर्काउने बताएका छन्।

अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले स्वास्थ्यकर्मी एवं कर्मचारीले राखेका माग पुरा नभए धर्ना र अनसनमा बस्ने बताएको हो।

संघका अध्यक्ष सन्तोष धिमालले स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, सेवा सुविधा, बढुवा, विनियमावली संशोधन लगायतका विषयमा अफुहरुले राखेका माग पुरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताए। सोमबार भएको प्रदर्शनमा अध्यक्ष धिमालले माग पुरा नभए धर्ना र अनसनका कार्यक्रम घोषणा गरिने बताएका हुन्।

अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरुले १५ दिन देखि अस्पताल अगाडि कालो ब्यानर झुण्ड्याएर आफ्ना माग राखेका थिए भने आइतबारदेखि हातमा कालोपट्टि बाधेर काम गर्ने र दिनको १५ मिनेट अस्पताल अगाडि प्रदर्शन गर्ने कार्यक्रम गर्दै आएका छन्। अध्यक्ष धिमालले विगत दुई वर्षदेखि नै अस्पतालको व्यवस्थापन समक्ष आफ्ना मागहरु राखेको तर अहिलेसम्म समाधान नभएकाले आन्दोलन गर्नुपरेको बताए।

अस्पतालकी निर्सिङ इन्चार्ज माया अधिकारीले अस्पताल व्यवस्थापनले स्वास्थ्यकर्मीको सुझाव पनि नमान्ने र आफैँले पनि राम्रोसँग काम नगरेकाले समस्या बढेको बताइन्। उनले वर्षौंदेखि विनियमावली नल्याउँदा स्वास्थ्यकर्मीलाई काम गर्न स्पस्ट गाइडलाइन नभएको पनि बताइन्।

स्वास्थ्यकर्मीको बढुवा नहुने, वृति विकासका लागि अध्ययन र तालिममा सहभागि नगराउने, तल्लो तहमा बसेर माथिल्लो तहको कामको जिम्मेवारी लिनुपर्ने लगायतका समस्या रहेकाले आन्दोलन गर्नुपरेको अधिकारीले बताइन्।

निजामती कर्मचारी अस्पताल कर्मचारी संघले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि नेपाल रेडियोलोजिकल सोसाइटीले उनीहरुका मागप्रति एकवद्धता जनाएको छ। सोसाइटीका अध्यक्ष मुकेश झाले सोमबार अस्पताल पुगेर आफुहरुको पूर्ण साथ रहेको बताए। उनले जायज माग पुरा गर्न तत्काल वार्ता गर्ने व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन र सरकारसँग आग्रह समेत गरे।

कोभिड १९ को अवस्थामा जोखिम मोलेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई सेवा सुविधा कम हुँदा मनोबल कमजोर हुने भएकाले तत्काल वार्ता मार्फत समस्या समाधान गर्नुपर्नेमा झाले जोड दिए। स्वास्थ्यकर्मीहरुले विरामीको उपचारमा कुनै असुविधा हुने गरी आन्दोलनका कार्यक्रम नगरिएको बताएका छन्। आफ्ना माग पुरा गराउन दिउसो खाजाको समयमा १५ मिनेट छुट्याएर प्रदर्शन गरिएको पनि स्वास्थ्यकर्मीहरुले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .