रुपन्देहीमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
भेन्टिलेटरको सहायतामा उपचाररत उनमा श्वासप्रश्वासको समस्या थियो। उपचारकै क्रममा शुक्रबार राति साढे १२ बजे उनको मृत्यु भएको हो।
भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भएका उनलाई २४ गतेदेखि स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।
योसँगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
प्रतिक्रिया