बाँकेमा एक घण्टाभित्रै दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
नेपालगन्ज मेडिकल कलेज, कोहोलपुरमा भेन्टिलेटरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–७, रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
यी दुईको क्रमशः मंगलबार बिहान ३ः३० र ४ः१५ बजे करिब पौने घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए।
यी दुबैजनाको प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो। प्लाज्मा थेरापी गरेर पनि उनीहरुको स्वास्थ्यमा सुधार आएको थिएन।
बचाउनका लागि अनेक विधि अपनाए पनि उपचारककै क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ।
बाँकेमा योसँगै १६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया