ad ad

समाज


मध्य प्रदेश प्रहरीका यी उच्च अधिकारीलाई जब पत्नीले परस्त्रीसँग रंगेहात फेला पारिन्...(भिडियो)

मध्य प्रदेश प्रहरीका यी उच्च अधिकारीलाई जब पत्नीले परस्त्रीसँग रंगेहात फेला पारिन्...(भिडियो)

नेपालखबर
असोज १३, २०७७ मंगलबार ३:१६,

भारतको मध्य प्रदेश प्रहरीका डीजी तहका एक अधिकारी पुरुषोत्तम शर्माले श्रीमती पिटेको भिडियो भाइरल भएको छ।

भिडियो (लिंक अन्तिममा छ) मा डीजी शर्माले आफ्नी पत्नी प्रिया शर्मालाई पिटिरहेको देखिन्छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनकी श्रीमतीले उनलाई कुनै अर्की महिलाको घरमा रंगेहात फेला पारेकी थिइन्। त्यसपछि उनले श्रीमतीलाई निर्मम ढंगले कुटेका हुन्।

भिडियो भाइरल भएपछि डीजी शर्मालाई उनकी श्रीमतीले १२ वर्षदेखि शंका गरिरहेको कुरा सार्वजनिक भएको छ।  

त्यो भिडियो डीजी शर्माका छोराले गृहमन्त्रीलगायत सरकारका उच्च अधिकारीलाई पठाएका छन्। आफ्ना पिताविरुद्ध उनले कडा कार्बाही माग गरेका छन्। घटनापछि उनलाई पदबाट हटाइएको छ। यो विवाद महिला आयोगसम्म पुगेको छ। आयोगकी अध्यक्ष शोभा ओझाले शर्मालाई पक्राउ पुर्जी गरिने बताएकी छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .