नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका ९४३ जनासहित देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ८१७ भक्तपुरमा ५८ र ललितपुरमा ६८ कोरोना पुष्टि भएको हो।
त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा कैलाली १६१, मोरङ १०५, रुपन्देही ९१, चितवन ८६, सुनसरी ६६ रहेका छन्।
त्यस्तै शून्य संक्रमित हुने जिल्लामा मनाङ, मुस्ताङ डोल्पा र मुगु रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ।
हेरौँ कुन जिल्लामा कति थपिए?
प्रतिक्रिया