पाकिस्तानको तर्फबाट भएको अन्धाधुन्ध गोलाबारीमा तीन सेनाको मृत्यु हुनाका साथै अन्य पाँच घाइते भएको एनडीटीभीले जनाएको छ।
सीमामा भएको आक्रमणपछि भारतीय सेनाले पनि गतिलो जवाफ दिएको भारतीय पक्षको भनाइ छ।
भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानी सेनाले सीमामा युद्धविरामको उल्लंघन गर्दै मानकोट र कृष्ण घाटी सेक्टरमा आक्रमण गरेका थिए।
त्यस्तै बिहीबार बिहानै उत्तरी कस्मिरको नाउगाम सेक्टरमा तोपहरु आक्रमण भएको थियो।
गएको पाँच दिनयता पाकिस्तानी सेनाले भारतका स–सना गाउँ लक्षित आक्रमण गरेको बताइएको छ।
3
Shares
प्रतिक्रिया