ad ad

समाज


जुम्ल्याहा जन्माएपछि कोरोना संक्रमण पुष्टि भएकी कञ्चनपुरकी सुत्केरीको मृत्यु

जुम्ल्याहा जन्माएपछि कोरोना संक्रमण पुष्टि भएकी कञ्चनपुरकी सुत्केरीको मृत्यु

प्रकाश न्यौपाने
असोज १८, २०७७ आइतबार २:२७,

बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कोरोना संक्रमित सुत्केरीकाे मृत्यु भएको छ।

फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कञ्चनपुरकाे महेन्द्रनगर-२ ठेगानाकी २९ वर्षीया सुत्करीकाे उपचारका क्रममा आज (आइतबार) बिहान ४:३० बजे मृत्यु भएको हाे।

कञ्चनपुरकाे धनगढीस्थित सेती अस्पतालमा उनले एक छाेरा र छाेरी जुम्ल्याहा जन्माएकी थिइन्। त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनको पाठेघरको अपरेसन गरिएको थियो।

रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि यही असोज १५ गते उनलाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो।

तर उपचारकै क्रममा आज बिहान उनकाे मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचार गराएका ९ संक्रमितको मृत्यु भएको  नेपालगन्ज मेडिकल कलेजले प्रेस विज्ञप्तिबाट जानकारी दिएकाे छ। 

अहिलेसम्म दुवै बच्चाको स्वास्थ्य सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन्।

nepalganjpre

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .