ad ad

समाज


चार लाख भारतीय रुपैयाँसहित एक पक्राउ

चार लाख भारतीय रुपैयाँसहित एक पक्राउ

नेपालखबर
असोज १८, २०७७ आइतबार २:०,

कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरीले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ।

नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए।

बरामद गरिएको रकममा ५०० दरका ४०० थान र दुई हजारको नोट १०० थान छन्।

उक्त भारुको नेपालमा छ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .