काठमाडौंको गोठाटारमा एक वर्ष पहिले महिलाको हत्या गरेर भागेका व्यक्ति पक्राउ परेका छन्। प्रहरी अपराध महाशाखाले हत्यापछि फरार भएका विनय श्रेष्ठ भन्ने विनय माझीलाई हेटौंडाबाट पक्राउ गरेको हो।
माझीले कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारको रमेश श्रेष्ठको अस्थायी टहरामा सिन्धुपाल्चोककी ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेका थिए। काठमाडौंको जोरपाटी बस्दै आएकी महिलालाई बन्धक बनाई हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ।
माझीले पम्फा श्रेष्ठलाई आफ्नो डेरामा लगेर २०७६ बैशाख ३० गते बन्धक बनाएका थिए। कोठामै हत्या गरेर बाहिरबाट ताला लगाएर उनी फरार भएका थिए। जेठ ५ गते ताला फोडी हेर्दा कोठाभीत्र खाटमा पुष्पाको शव फेला परेको थियो।
माझीले हत्यापछि सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएको छ। थप अनुसन्धानको लागि विनयलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको अपराध महाशाखाका एसपी इश्वर कार्कीले बताए।
प्रतिक्रिया