समाज


गाईको मृत्युबारे छानबिनका आधारमा कारबाहीः मन्त्री राई

गाईको मृत्युबारे छानबिनका आधारमा कारबाहीः मन्त्री राई

नेपालखबर
भदौ १५, २०७६ आइतबार ८:५२,

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद हो भने, ‘नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पु-याएको भए यस्तो दुखःद अवस्था शायद आउने थिएन’, मन्त्री राईले भने।

एक प्रश्नको जवाफमा उनले गृह मन्त्रालयले यो घटनाको छानबिन गर्न समिति गठन गरिसकेकाले सो समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाइने बताए। नेपालगन्ज निवासी मन्त्री राईले नेपालगन्जको विकासमा आफूले चुनावका बेला गरेको वाचा र प्रतिबद्धता क्रमशः पूरा गर्दै गएको बताउँदै विकासमा आफूले कहिल्यै पनि धर्म, जात र राजनीतिक आस्थालाई हाबी हुन दिएको छैन भने।

नेपालगन्जस्थित भेरी अस्पतालको स्तरोन्नति, कान्ति ताल, वाटर पार्कको, प्रसिद्ध बागेश्वरी मन्दिर, बहुउद्देश्यीय सभागृह, सडक, पुल तथा पुलेसा निर्माण र जीर्णोद्धारका साथै सामाजिक विकासमा आफ्नो मन्त्रालयबाट काम भइरहेको उनले बताए। अर्को एक प्रश्नको जवाफमा मन्त्री राईले भने, ‘म कुनै धर्म, जातिको मन्त्री होइन, सबै नेपालीको मन्त्री हूँ, कसैले धर्म र जातिका आधारमा मलाई विवादमा ल्याउन खोज्छ भने त्यस्ता पक्षसँग सबै सावधान हुनुपर्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .