समाज


तामाकोसीमा नुहाउन गएका दोलखाका २ युवा फर्किएनन्, खोजी गर्दै प्रहरी

तामाकोसीमा नुहाउन गएका दोलखाका २ युवा फर्किएनन्, खोजी गर्दै प्रहरी

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८१ शनिबार १०:१९, काठमाडौँ

दोलखाको तामाकोसी नदीमा डुबेर स्थानीय दुई युवा बेपत्ता भएका छन्।

गौरीशंकर गाउँपालिका- ८ का २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोशी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

‘उनीहरु शुक्रबार दिउँसो ३ बजे नै नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन्। यो खबर आज बिहान नौ बजे मात्रै हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शरण महर्जनले नेपालखबरसँग भने, ‘खबर पाए लगत्तै हाम्रो टोली बेपत्ता युवाको खोजीमा परिचालन भएको छ। अहिले पनि हामी नदी क्षेत्रमै छौँ।’

स्थानीय मेलामा गएका उनीहरु नुहाउन भनेर नदीमा गएका थिए। तर, नुहाउन भनेर नदीमा गएका उनीहरु साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा दुबैले लगाउने कपडा नदीको डिलमा फेला परेको थियो। 

सोही आधारमा उनीहरु नदीमा बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .