संखुवासभा सदरमुकाममा प्रेमीजोडीको विवादले उग्ररुप लिँदा एकजनाको ज्यान गएको छ।
विवादपछि शुक्रबार बिहान एकजना युवकले कोठामै प्रेमिकालाई खुकुरी प्रहार गरी ज्यान लिएका हुन्।
खाँदबारी नगरपालिका–१ घिमिरेगाउँस्थित कोठामै सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले प्रेमिका २१ वर्षीया युना दर्नालको ज्यान लिएका हुन्।
युना खाँदबारी–१ कै बासिन्दा हुन्। प्रेमीले खुकुरी प्रहार गरेपछि युनाको कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए।
प्रेमिकाको ज्यान लिएपछि नन्दरामले आफ्नो छातीमा खुकुरी प्रहार गरेका थिए।
आफैंले खुकुरी प्रहार गर्दा गम्भीर घाइते उनको अहिले जिल्ला अस्तपालमा खाँदबारीमा उपचार भइरहेको छ।
गदाल यही बिहीबार नेपाल प्रहरीको ३ महिने तालिम पूरा गरेर विराटनगरबाट खाँदबारी आएका थिए। बिहीबार राति गदाल पनि युनाकै कोठामा बसेका थिए।
आफैंलाई खुकुरी हानेका गदालको गम्भीर अवस्थामा उपचार भइरहेकाले घटनाको कारण खुलिसकेको गोदारले बताए।
प्रतिक्रिया