ad ad

समाज


गैंडाको खागसहित हरहर महादेवबाट चारजना पक्राउ

गैंडाको खागसहित हरहर महादेवबाट चारजना पक्राउ

नेपालखबर
भदौ १७, २०८० आइतबार १४:२, काठमाडौँ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र डिभिजन वन कार्यालयको टोलीले दुर्लभ वन्यजन्तु गैंडाको एउटा खागसहित काठमाडौंको कागेश्वरी मनोहरास्थित हरहर महादेवबाट चारजनालाई पक्राउ गरेको  छ। 

उनीहरुलाई वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। 

७८८ ग्रामको गैंडाको खागसहित प्रहरीले सुरूमा दुईजनालाई पक्राउ गरेको थियो। त्यसपछि उक्त कसुरमै अनुसन्धानको क्रममा थप दुई जना पक्राउ परेका हुन्। 

पक्राउ परेका सबैलाई डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ बस्ने ३० वर्षीय प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका वडा नं. ७ बस्ने ५० वर्षीय पूर्णसिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ बस्ने ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्तेश्वर गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षीय कर्ना तामाङ छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .