समाज


काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा पल्टियो, १९ जना घाइते

काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा पल्टियो, १९ जना घाइते

नेपालखबर
बैशाख ८, २०८१ शनिबार ७:४८, काठमाडौँ

काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस आज बिहान धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति २ बजे माइक्रोबस सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

एसपी श्यामसिंह चौधरीले नेपालखबरलाई दिएको जानकारी अनुसार घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाउ उपचार भइरहेको छ।

सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी चौधरीले जानकारी दिए। 

तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। तर, चालकले भने साँधुरो सडकमा ट्रकले च्यापेका कारण माइक्रो पल्टिएको बताएका छन्। 

दुर्घटनापछि माइक्रोबसका चालक भक्तपुर सूर्यबिनायकका ४६ वर्षीय हरिशरण आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहको नेतृत्वमा प्रहरी टोली घाइतेको उद्धारमा खटिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .