ad ad

समाज


मधेश प्रदेश : ठेकेदारहरूले भौतिक मन्त्रालयका सचिवलाई कार्यकक्षमै थुने

कार्यकक्षअगाडि थुपारिदिए फोहोर
मधेश प्रदेश : ठेकेदारहरूले भौतिक मन्त्रालयका सचिवलाई कार्यकक्षमै थुने

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअगाडि ठेकेदारहरु। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १५:३२, जनकपुरधाम

काम पूरा भइसकेका विकास योजनाको रकम भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमै थुनेका छन्। 

काम गरेको डेढ वर्ष बित्दा पनि भुक्तानीको छाँटकाट नदेखिएपछि निर्माण व्यवसायीहरुले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई कार्यकक्षमै थुनेका हुन्। 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजना निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीले मन्त्रालय पुगेर सचिवको कार्यकक्षमा ताला लगाएर प्रदर्शन गरेका छन्। 

यसका साथै निर्माण व्यवसायीहरुले सचिवको कार्यकक्ष अगाडि फोहोरसमेत थुपारेका हुन्। 

गत आर्थिक वर्षहरुमा प्रदेश सरकारको दर्जनौँ विकास परियोजना बनाएका काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकाले बाध्य भएर सचिवलाई नै कार्यकक्षमा थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए। 

उनले आफूहरुले काम सम्पन्न गरेको वर्षौँ बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो गरे। 

बैंकको ब्याज महिनाको ८० हजार तिर्न परिरहेको उनले सुनाए। उनीहरुको विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी छ। 

यसमा अन्य मन्त्रालयहरुमा गरेको काम पनि रहेको छ।

मधेश प्रदेश सरकारका अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .