ad ad

समाज


गाँजा बोकेको मोटरसाइकल दुर्घटना हुँदा महिला गम्भीर घाइते, चालक फरार

गाँजा बोकेको मोटरसाइकल दुर्घटना हुँदा महिला गम्भीर घाइते, चालक फरार

सांकेतिक तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार ९:५८, सर्लाही

सर्लाहीको बरहथवामा गाँजा बोकेको मोटरसाइकल दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन्।

बरहथवा नगरपालिका–१७ मा सोमबार साँझ बा ३८ प ५२९६ नम्वरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। घाइते महिलाको परिचय  खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा परेकी अन्दाजी ३० वर्षीया महिलाको अवस्था गम्भीर छ। अचेत अवस्थामा उनको बरहथवास्थित भेनस अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकलका चालक फरार भएका छन्।

दुर्घटनामा परेको मोटरसाइकलबाट प्रहरीले १० केजी गाँजासमेत बरामद गरेको छ। मोटरसाइकल गाँजा कारोबारीको भएको आशंका गरिएको छ।

चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .