ad ad

समाज


रौतहटबाट ४ थान पेस्तोल र १३ राउण्ड गोली बरामद

रौतहटबाट ४ थान पेस्तोल र १३ राउण्ड गोली बरामद

नेपालखबर
मंसिर ५, २०८० मंगलबार ७:३, रौतहट

प्रहरीले रौतहटबाट विभिन्न प्रकारका चारथान पेस्तोल र त्यसमा लाग्ने १३ थान गोली बरामद गरेको छ। 

यमुनामाई नगरपालिका ३ मलेनियास्थित फुसको छानो भएको एक कच्चीबाट हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

डीएसपी दामोदर केसीका अनुसार पुसको घरभित्र हातहतियार लुकाई छिपाई राखिएको भनेर आएको सूचनाको आधामार पुगेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले हतियार बरामद गरेको हो। 

हतियार बरामद भएको घर कसको हो, त्यो भने प्रहरीले खुलाएको छैन। बरामद भएका हतियार इलाका प्रहरी कर्यालय गरुडामा राखेर अनुसन्धान अघि बढाइएको डीएसपी केसीले बताए। 

यो घटनामा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए। 

यी हुन् बरामद गरिएका हतियार

मेडइन यूएसए लेखिएको पेस्तोल २ थान, अटो पेस्तोल १ थान, लामो नाल भएको एयरगन १ थान, १३ राउण्ड गोली, पेस्तोलको खाली म्यागजिन ६ थान, मोवाइल २ थान, घडी एक थान, सिमकार्ड ४ थान, पेनड्राइभ एक थान र शेख एजाज अहमदको नेपाली नागरिकता बरामद भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .