समाज


सर्लाहीमा आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

सर्लाहीमा आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

नेपालखबर
माघ १२, २०८० शुक्रबार ६:४३, सर्लाही

आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा सर्लाही प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।

हरिवन नगरपालिका- ११ घर भइ हरिवन- १० क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ४२ वर्षीय रवीन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। 

घरमा कोही नभएको मौका छोपेर गएको बुधबार किशोरीको घर पुगेका कार्कीले किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। किशोरीले प्रतिवाद गरेपछि घटना बाहिरिएको हो। 

पीडित पक्षको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरेर बिहीबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .