ad ad

समाज


जनकपुरमा होली मनाएर घर फर्किंदा सवारी दुर्घटना, एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

जनकपुरमा होली मनाएर घर फर्किंदा सवारी दुर्घटना, एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

नेपालखबर
चैत १३, २०८० मंगलबार ५:५२, काठमाडौँ

धनुषाको जनकपुरमा होली मनाएर घर फर्किरहेका दुई युवा सवार मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

सोमबार साँझ जनकपुर नजिकै पर्ने धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजमा प्रदेश २ ०२ ००१ प ८७१२ नम्बरको एम्बुलेन्सको ठक्करबाट मिथिला- ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जितेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक साेही ठाउँका करिब २३ वर्षीय सरोज महतो गम्भीर घाइते भएका छन्। जितेन्द्र मोटरसाइकलको पछाडि सवार थिए। 

होली मनाउने क्रममा उनीहरुले मदिरा सेवन गरेर मोटरसाइकल चलाएको पाइएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि प्रहरीले एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ। सराेजकाे उपचार प्रादेशिक अस्पताल जनकपुरमा हुन नसकेपछि थप उपचारको लागि बाहिर रेफर गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .