ad ad

समाज


वीरगन्जमा भेटियो युवकको शव, सनाखतको प्रयास गर्दै प्रहरी

वीरगन्जमा भेटियो युवकको शव, सनाखतको प्रयास गर्दै प्रहरी

नेपालखबर
जेठ २८, २०८१ सोमबार ९:३६, वीरगन्ज

पर्साको वीरगन्जमा एकजना युवकको शव फेला परेको छ। 

वीरगन्ज महानगरपालिका- १६ शंकराचार्य गेट नजिकै खुला चौरमा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। उनको अनुहारमा रगत लतपतिएको छ। 

आइतबार साँझ खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको सूचना प्रहरीलाई पुगेको थियो। प्रहरीले शव पोस्ट मार्टमका लागि अस्पतालमा लगेको छ।

मृतक युवक झण्डै ३० वर्षका छन्। कालो रंगको सर्ट, निलो टिसर्ट, कालो जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 

ती युवकको शव नारायणी अस्पतालको शवगृहमा राखिएको छ। घटनाको अनुसन्धान थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .