ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता (हेर्नुहोस् १३ तस्बिर)

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता (हेर्नुहोस् १३ तस्बिर)

नेपालखबर
जेठ २८, २०८१ सोमबार ९:५७, काठमाडौँ

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

आइतबार राति भएको भेटमा तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रचण्डले समकक्षी मोदीलाई बधाइ दिएका छन्।

त्यसक्रममा प्रचण्डले मोदीसमक्ष तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।

त्यस अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए। मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रचण्ड आइतबारै भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए। प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम छ। 

हेर्नुहाेस् तस्बिरहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .