ad ad

समाज


रौतहटमा १८ वर्षीय युवकको हत्या

रौतहटमा १८ वर्षीय युवकको हत्या

नेपालखबर
असार २६, २०८१ बुधबार ९:११, राैतहट

रौतहटमा एक युवकको हत्या भएको छ। इशनाथ नगरपालिका- ९ लवतनाका १८ वर्षीय सहबाज मिया आलमको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आँप बगैँचामा फेला परेको हो। 

किशोरको हत्या कसले र किन गर्यो खुलेको छैन। अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

किशोरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .