ad ad

समाज


त्रिवि शिक्षण अस्पतालमा भावविह्वल जहाज दुर्घटनामा ज्यान गुमाउनेका आफन्त (तस्बिरहरू)

त्रिवि शिक्षण अस्पतालमा भावविह्वल जहाज दुर्घटनामा ज्यान गुमाउनेका आफन्त (तस्बिरहरू)

सरोज नेपाल
साउन ९, २०८१ बुधबार १६:३३, काठमाडौँ

त्रिवि शिक्षण अस्पतालमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएका मृतकका परिवारहरूको भीड लागेको छ। बुधबार बिहान विमानस्थलमा भएको दुर्घटनामा परी विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ। 

उनीहरूको शव पोस्टमार्टमका लागि अहिले शिक्षण अस्पताल पुर्‍याइएको छ। 

अस्पतार परिसरमा मृतकका आफन्तहरू भावविह्वल हुँदै आफन्तको शव कुरिरहेका छन्। अस्पताल प्रशासनले जनाए अनुसार, आजैबाट उनीहरूको शव पोस्टमार्टम हुनेछ। 

यद्यपि आफन्तले शव भने तीन दिनपछि मात्रै हस्तान्तरण गरिने बताइएको छ।  ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन’ प्रणालीबाट शव पोस्टमार्टम गरिने चिकित्सकहरूले बताएका छन्।

मृतकका आफन्तलाई सहानुभुति दिन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का पनि शिक्षण अस्पताल पुगेका थिए। 

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .