समाज


१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ६० वर्षका वृद्ध पक्राउ

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ६० वर्षका वृद्ध पक्राउ

नेपालखबर
फागुन १७, २०८० बिहिबार १२:६, कैलाली

कैलालीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षका एक वृद्ध पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-१ शक्तिनगर शिविरमा बस्दै आएका ६० वर्षीय आशाराम चौधरीलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रहरीले बुधबार राति घरैबाट उनलाई पक्राउ गरेको हो।

केही दिनअघि चौधरीले ती किशोरीलाई ललाई फकाई गाउँ नजिकैको कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको आरोप छ। 

चौधरीविरुद्ध किशोरीका अभिभावकले ईलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी गरेपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .