ad ad

समाज


निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान जारी छ: गृहमन्त्री

निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान जारी छ: गृहमन्त्री

नेपालखबर
भदौ २०, २०८१ बिहिबार ९:४८, कञ्चनपुर

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या र बलात्कार घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन्।

नेपाल प्रेस युनियन कञ्चनपुरले बिहीबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान जारी रहेको बताए।

‘निर्मला प्रकरणको अनुसन्धान जारी छ। थप गम्भीरता र थप सुक्ष्म ढंगले अनुसन्धान गर्ने कुरा अगाडि बढाइन्छ,’ लेखकले भने, ‘म कसैलाई दोष दिने पक्षमा छैन। अहिले यस्तो भइसक्यो त्यस्तो भइसक्यो भनेर भन्न उचित हुँदैन जस्तो लाग्छ।’ 

निर्मलाको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारले सहयोग गर्ने उनले बताए।
भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको ६ वर्ष बितिसक्दा पनि अपराधी पक्राउ पर्न सकेका छैनन्।

निर्मलाको न्यायिक आन्दोलनका क्रममा कांग्रेस नेता लेखक पनि सहभागी भएका थिए। अहिले उनै लेखक गृह मन्त्रालयको जिम्मेवारीमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .