ad ad

खेल


पाकिस्तानमाथि श्रीलंकाको सहज जित

पाकिस्तानमाथि श्रीलंकाको सहज जित

नेपालखबर
भदौ २५, २०७९ शनिबार ७:२१, काठमाडौँ

एसिया कपको सुपर फोरअन्तर्गत शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि ५ विकेटको सहज जित हात पारेको छ।

शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका वानिन्दु हशरंगा डि सिल्भाले ३ तथा महीश थीक्शना र प्रमोद मधुसनले २/२ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले पाकिस्तानले दिएको १२२ रनको लक्ष्य १७ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएर पूरा गर्‍यो। श्रीलंकालाई जित दिलाउने क्रममा ओपनर पथुम निसान्काले अविजित ५५ रनको पाली खेले। 

यसअघि नै पाकिस्तान र श्रीलंका एसिया कपको फाइनलमा पुगिसकेका छन्।

आइतबार फाइनलमा यी दुई टोलीबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .