नेपालमा आम निर्वाचन हुने दिन मंसिर ४ गतेदेखि कतारको फुटबल मैदानमा विश्वकप सुरु हुँदैछ।
तर, तपाईहरु विगतमा जस्तै टीभीमा निःशुल्क विश्वकप हेर्न पाइनेछ भने ढुक्क नहुनुहोला। यसपटक बिचौलियाहरुलाई पैसा तिरेपछि मात्रै टेलिभिजनमा विश्वकप हेर्न पाइने भएको छ।
यस वर्ष विगतमा जसरी नै घरैमा टीभीमा विश्वकप फुटबल हेर्न चाहने दर्शकहरुबाट एउटा व्यापारिक समूहले पैसा असुल्ने तयारी गरिरहेको छ। उक्त समूहको योजना सफल भयो भने अब नेपाली फुटबल प्रेमीले पैसा तिरेर मात्रै फुटबल हेर्न पाउनेछन्।
विश्वकपबाट पैसा कमाउने योजना बनाइरहेको समूहले कुनै पनि विदेशी टेलिभिजन च्यानल एवं ओटीटी प्लेटफर्ममा फुटबल हेर्न नमिल्ने गरी ‘टेरिटोरी लक’ गरेर ब्याकआउटको तयारी गरेको हो।
अघिल्लो विश्वकप नेपालीहरुले नेपाल टेलिभिजनबाट समेत हेर्न पाउँथे। अन्य च्यानलबाटसमेत सहजरुपमा विश्वकप हेर्न सकिन्थ्यो।
विश्वकप हेरेवापत नेपालीसँग पैसा असुल्ने टीममा कोको छन् भन्ने खुल्न सकेको छैन। तर, स्रोतका अनुसार मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल र केही टीभी सञ्चालकहरुले यो सिन्डिकेटको योजना बनाएको बुझिएको छ।
४० करोड खर्चेर देखाइँदै विश्वकप : विज्ञापनबाट १२ करोड, बाँकी भार दर्शकलाई
Shares
प्रतिक्रिया