त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।
नवौँ राष्टिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रगंशालामा भएको एथलेटिक्सको १० हजार मिटर दौडमा स्वर्ण जितेका हुन्।
नेपाल एपीएफ क्लबमा गोपीचन्द्र पार्कीले रजत पदकमा चित्त बुझाएका छन्। गोपीले निर्धारित दुरी ३०.३८.३२ सेकेण्डमा पार गरे।
दिपकले निर्धारित दुरी ३०.१०.३० सेकेण्डमा पुरा गरे। गोपीले यसअघि सन् २०१४ मा इन्चोन एशियाडमा ३०.३०.९९ सेकेण्डमा किर्तिमान कायम गरेका थिए।
आर्मीकै गजेन्द्र राईले कास्य पदक हात पारे। उनले ३०.४९.५० मा निर्धारित दुरी पार गरे।
30
Shares
प्रतिक्रिया