शताब्दी पुरूष सत्यमोहन जोशीको अन्तिम संस्का कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको छ।
आफ्नो निधनपछि शरीर दान गर्ने घोषणा गरेका जोशीको अन्तिम संस्कार कसरी गर्ने विषयमा अहिले सत्यमोहनका पारिवारिक सदस्यबिच किस्ट अस्पतालमै छलफल भइरहेको हो।
जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको थियो।
जोशीका भतिज अजरमान जोशीले अन्त्येष्टिको विषयमा छलफल भइरहेको जानकारी दिए।
उनी डेंगु पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। उनको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि उक्त अस्पतालको उपचार भइरहेको थियो।
पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भएको थियो।
600
Shares
प्रतिक्रिया