स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले एल्कमाथि ३–० गोल अन्तरको जित हात पारेको छ।
बुधबारको खेलमा रियललाई जित दिलाउने क्रममा खेलको ११ औं मिनेटमा फेडेरिको भाल्भर्ड, ७५ औं मिनेटमा करिम बेन्जेमा र ८९ औं मिनेटमा मार्को एसेन्सिओले गोल गरेका थिए।
यससँगै रियलले लिगमा दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि ६ अंकको अग्रता लिएको छ।
रियलले १० खेलबाट २८ अंक जोडेको छ भने एक खेल कम खेलेको बार्सिलोनाले २२ अंक जोडेको छ।
45
Shares
प्रतिक्रिया