नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलतर्फको स्वर्ण पदक सशस्त्र प्रहरीको एपीएफ क्लबले जित्न सफल भएको छ।
स्याङ्जाको वालिङमा बिहीबार भएको फाइनल भिडन्तमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले हराउँदै स्वर्ण पक्का गरेको हो।
सशस्त्रलाई स्वर्ण दिलाउने क्रममा चर्चित स्ट्राइकर सावित्रा भण्डारीले दुई गोल गर्न सफल भइन्। रजतमा चित्त बुझाएको पुलिसका लागि निरु थापाले एक गोल फर्काइन्।
126
Shares
प्रतिक्रिया