ad ad

खेल


समाजलाई एकताबद्ध गर्न खेलकुदको महत्त्वपूर्ण भूमिका छ : पूर्वसभामुख घर्ती

हात्तीडाँडामा ब्याडमिन्टन प्रतिगोगिता सुरु
समाजलाई एकताबद्ध गर्न खेलकुदको महत्त्वपूर्ण भूमिका छ : पूर्वसभामुख घर्ती

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ८:४२, काठमाडौँ

काठमाडौंको कागेश्वरी मनोहरा–९ हात्तीडाँडामा ब्याडमिन्टन प्रतिगोगिता सुरु भएको छ। 

हात्तीडाँडा समाजद्वारा आयोजित स्वर्गीय चूडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिताको पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले शुक्रबार बिहान उद्घाटन गरिन्। 

सत्ता गठबन्धनका तर्फबाट काठमाडौं–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गरिन्।

पूर्व खेलकुदमन्त्री समेत रहेकी घर्तीेले समाजलाई एकताबद्ध गर्न पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन्। 

कार्यक्रममा कागेश्वरी मनोहरा–९ का वडाअध्यक्ष अनिल थापा, हात्तीडाँडा समाजकी अध्यक्ष बिना दाहाल र स्वर्गीय गिरीद्वयका पुत्र श्याम गिरीले काठमाडौं–२ ले पूर्वसभामुखजस्तो राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवारका रूपमा पाएको भन्दै जितको शुभकामना दिए।

निर्वाचनमा विजय वा पराजय जे भए पनि काठमाण्डु–२ नछाड्न र सो क्षेत्रको विकासमा योगदान दिन घर्तीलाई उनीहरुको सुझाव थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .