टी-२० विश्वकपको समूह २ अन्तर्गत आइतवार भएको एक खेलमा नेदरल्यान्ड्सले पाकिस्तानसामु जितका लागि ९२ रनको लक्ष्य दिएको छ।
नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ९१ रन बनाएको हो।
नेदरल्यान्ड्सको तर्फबाट सबैभन्दा बढी २७ रन कोलिन एकरम्यान र स्कट एडवर्ड्सले १५ रन बनाउन सफल भए।
पाकिस्तानको तर्फबाट शादाब खानले ३ विकेट, मोहम्मद वसिमले २ विकेट लिए। अर्कातिर शाहीन शाह अफ्रिदी, नसीम शाह, हारिस रऊफले एक-एक विकेट लिएका छन्।
अहिले पाकिस्तान जवाफी व्याटिङमा छ। उसले ७ ओभर खेल्दै १ विकेटको क्षतिमा ४६ रन बनाइसकेको छ।
69
Shares
प्रतिक्रिया