राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सुमन अर्यालले प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन्।
अष्ट्रेलियामा रहेका सुमनले केही आफन्त र साथीहरुको उपस्थितिमा बुधबार इशासँग इन्गेजमेन्ट गरेका हुन्।
एन्फा एकेडेमीका उत्पादन सुमनले पछिल्लो पटक त्रिभुवन आर्मी क्लबबाट पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनल खेलेका थिए।
विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुमन र इशा अर्को वर्ष विवाह गर्ने योजनामा छन्।
सुमनले राष्ट्रिय टोली र उमेर समूहमा यू–१८, १९ र यू–२३ बाट नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
150
Shares
प्रतिक्रिया